बालवालिकाहरुलाई सिक्ने र सिकाउने ठाउँ

बालवालिकाहरुलाई स्कूल भन्दा बाहिर केही नयाँ शिप ज्ञान र जानकारी दिने र पुनरताजकीकोलागि उपयुक्त स्थान मध्य एक हो टाइगर लिली पेटिंग फार्म । यो नेपालको भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिकाको सिरुटारमा छ । यो क्षेत्रमा जानकोलागि बालकोट फोर्स बसपार्कवाट मात्र ५ देखी ७ मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । यो फार्मको ढोकै सम्म सवारी साधन पुग्छ । यो फार्म प्रबेशकालागि केही शुल्क तय गरिएकोछ त्यो पनि बालवालिकालाई मात्र बालवालिकासंग संरक्षककोरुपमा जतिजना आएपनि कुनै शुल्क लाग्दैन । यदि कुनै विद्यालयले विद्यार्थी समुहमा ल्याएमा केही सहुलियत शुल्क रहेको पनि यस टाइगर लिली पेटिंग फार्मका संचालक राजेन्द्र उप्रेतीले बताउनु भएकोछ ।

यस फार्ममा स्कूलको विद्यार्थीहरुको समुहलाइ हरेक आइतवार देखी शुक्रवार विहान १० बजेदेखी ३ बजेसम्म प्रबेशको ब्यवस्था गरिएको छ भने ब्यक्तिगतरुपमा बालवालिकालाई ल्याउनुहुन्छ भने शनिवार विहान ८ बजेदेखी दिनभर र अन्यदिन दिउसो ३ बजेपछी ल्याउन सक्ने फार्मका संचालक उप्रेतीले जानकारी दिनु भएको छ ।

यस फार्ममा प्रबेशगर्नासाथ दायाँ पट्टी विभिन्न बोटबिरुवा बालिनालीको विउहरुको बैँक छ । बायाँ तिर लहरै विभिन्न परापुर्वकालदेखी नेपाली जीवनशैलीमा प्रयोग हुने बस्तुको बारेमा प्रदर्शनी राखिएकोछ । जस्तै ढिकी, जाटो, कुटो कोदालो, मानापाथी, स्याखु, घुम, हलो, चुल्हो, सुधारीएको चुल्हो, मकै भुटने हाँडी सहितको चुल्हो, दहीबाट घ्यु, निकाल्न सिकाउन ठेकी, पानीबाट विजुली कसरी निस्कन्छ भन्ने आदी बारेमा जानकारी दिनकोलागि बिभिन्न ब्यवस्था गरिएको छ ।

फार्मको बिचभागमा बालबालिका खेल्ने बिभिन्न सरसामान राखिएकोछ । फार्मको अर्को साइडमा घोड सवारी र विभिन्न पशुपंक्षीहरुको बारेमा जानकारी दिनको लागि सानो चिडियाघर जुको ब्यवस्था गरिएकोछ । यो चिडियाघर संगै खाजाघरको ब्यवस्था गरिएकोछ । खानानास्ता यहाँ गर्न सक्नुहुनेछ । बाहिरबाट खानेकुरा ल्याउन नपाउने पनि संचालक राजेन्द्र उप्रेतीले जानकारी दिनु भएकोछ ।

यो पार्कमा बालवालिकालाई घोडसवारी र ट्याक्टर सवारीको पनि ब्यवस्था गरिएकोछ यसको अतिरिक्त शुल्क लाग्दैन प्रबेश शुल्कमै सबै ब्यवस्था गरिएको हुन्छ ।

बाँकी जानकारी यो भिडियोमा

 

  • 210Read This News:
  • 294409Total reads:
  • 145504Total visitors: