
सुत्केरी मसला वा सुत्केरी औषधी नेपाली प्राचिक खाने कुरा हो । यो विषेशत: नवजात शिशुलाई जन्म दिएको महिला अर्थात सुत्केरी महिलाको लागि पोषणको रुपमा खान दिनको लागि तयार पारिने एक परिकार हो । यस परिकारको सेवनले सुत्केरी महिलालाई चिसोबाट बचाउने, पोषिलो हुने, स्वास्थ्यमा चाँडै सुधार आउने र जवजात शिशुको लागि खानाको रुपमा आमाको दुध आउनमा मद्दत गर्छ भनेर शिशु जन्मेपछि सुत्केरी महिलालाई ख्वाउने गरिन्छ ।
यसमा बिभिन्न खालका औषधी युक्त मसला जस्तै : ल्वांग, सुकुमेल, दालचिनी, ल्वांगारी, ठुलो ओखती, बत्तिसा, मेथी आदी अनि पौषतिक आहारको रुपमा काजु, किसमिस, ओखर, छोकडा, बदाम, नरिवल, पिष्टा, मिश्री, दुध, घ्यु, मगज, गुँद आदि मिलाएर बनाइन्छ ।
बनाउने तरिका यो भिडियोमा