नयाँ स्टक एक्सचेन्जमा विवाद

चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ । ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिबार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक बसेर छलफल गर्न सम्भव नभए पनि आवश्यक विवरण संकलन गर्ने र संसदीय चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको अर्थ समितिले यसमा थप छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

यो समाचार कारोवार अनलाइनबाट लिएका हौ

पुरा समाचारकोलागि यहाँ क्लिक गर्नुहोला

 

  • 155Read This News:
  • 311126Total reads:
  • 150849Total visitors: