
नेपालको पूर्व उत्तरको ताप्लेजुङ्ग जिल्लामा छ । पवित्र शक्तिपीठ पाथिभरा । समुन्द्र सतहबाट ३७९४ मिटर (१२४४८ फिट)को उचाइमा छ यो मन्दिर । स्थानिय भाषामा यस मन्दिरलाई मुक्कुम्लुङ्ग भन्ने गरिन्छ । मुक्कुमको अर्थ हुन्छ अग्नी, ज्वाला, सर्वशक्तिका देवता र लुङ्गको अर्थ ढुङ्गाको मुर्ति वा प्रतिमा ।
मुल पाथिभरा मन्दिर दर्शन गर्न जानकोलागि निकै कठिन यात्रा तय गर्नुपर्ने भएकोले पाथिभरा देवीको दर्शन सुविधाकालागि मुलुकको भिभिन्न क्षेत्रमा यस मन्दिरको स्थापना गरिएको छ । जस्तै नेपालको भक्तपुर जिल्लामा, इलाम जिल्लामा अनि ताप्लेजुङ्ग जिल्लामा ।
इलामको पाथिभरा मन्दिरलाई सानो पाथिभरा भन्ने गरिन्छ भने ताप्लेजुङ्गको पाथिभरालाई ठुलो पाथिभरा । मुल पाथिभरा भने ठुलोपाथिभराबाट पनि अझ आगाडी पर्दछ र त्यस पाथिभरा देवीको दर्शन गर्न कठिन भएकोले यसक्षेत्रमा पाथिभरा देवीको स्थापना गरिएको स्थानियको भनाइ छ ।
पाथिभरा देवीको उत्पत्ती भेडा र भेडागोठालासंगको लोककथनमा आधारित छ । एकदिन यस क्षेत्रमा गोठालाहरु आफ्ना भेडा चराउदै यस क्षेत्रमा आइपुग्दा अचानक उनीहरुको सबै भेडाहरु हराए कहि भेटीएन र निरास भएर घर फर्किए भेडा गोठालाहरु । यीनै भेडा गोठालाहरुलाई राति सपनामा यी पाथिभरा देखीले भेडा हराएको स्थानमा मेरो प्रतिमा स्थापना गरेर एउटा भेडा चढाएर मेरो पुजा गरेमा मनोकामना पुरा हुने र तिम्रो हराएको भेडा भेटिने भनेपछी भोलिपल्ट भेडा हराएको स्थानमा एउटा ढुङ्गाको प्रतिमा स्थापना गरेर त्यस स्थानमा भेडा चढाएपछि भेडा गोठालाहरुको हराएको भेडाहरु सबै त्यही आएकोे भन्ने लोक कथन छ ।
पाथिभरा देवीलाई अटल सौभग्यको देवीको रुपमा पनि पुज्ने गरिन्छ त्यसैले यस देवीलाई सौभाग्यका सामान जस्तैः सिन्दुर, टीका, चुरा, धागो (डोरी), गाँजल, काँइयो, ऐनाकासाथै सारी आदी अर्पण गर्ने गरिन्छ । यसका साथै यस देवीलाइ पाथीमा भरेर अन्न, द्रव्य आदी पनि चढाउने चलन छ ।
आफुले गरेको भाकल यस पाथिभरा देवीले पुरागरिदिने बिश्वासको साथ नेपाल र भारतका बिभिन्न क्षेत्र देखी दर्शनार्थीहरुको ठुलो भीड लाग्ने गर्दछ ।
बाँकी यो भिडियोमा