
धरै पहिलेका कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका भनने भनाइछ । यस मन्दिरको अस्तित्व वि।सं। १६६९ देखि कायम रहिआएको अनुमान गरिन्छ । कतै कतै वि।सं। १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहीं मन्दिर स्थापना गरी बाराहीका रूपमा पुजागर्न थालिएको थियो ।
तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास नदिएको भनाइ छ तर एउटी बृद्ध महिलाले सन्यासीलाई वास र खाना दिएबो थियो।
जब भोलिपल्ट सनयासी जाने बेलामा बृद्धआमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भन्नु भएछ र भोली पल्टै ठूलो बाढी आएर जलमग्न भएको भनाइछ ।
पछी वि. सं. २०१७ मा अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेकोहो ।