
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट माघ २ गते सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई
जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा छन् ।
बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच
गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो । त्यसवेला एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा बण्डल नेपाली नोट समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवैजनालाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।