मेरो भगवानबाटनै म बलात्कृत भए

मिस्र अर्थात इजिप्टका महिलाहरु आजभोली यौन हिंसाको विरुद्दमा उत्रेका छन र यनीहरु बैवाहिक जीवनमा हुने यौन हिंसाका विरुद्धमा सावजनिक रुपमा विरोध गर्न थालेकाछन ।

३४ वर्षिय सलमा (नाम परिवर्तन) लाई विवाहको पहिलो दिन उनका श्रीमानले बलात्कार गरेका थिए । यो यौन हमलामा उनको गुप्तांग, नाडी र अनुहारमा चोट लागेको थियो । सलमाका भनाइ अनुसार उनको त्यो समयमा महिनावारी भएको थियो तर उनको श्रीमानलाई सलमाले यौन सम्वन्ध राख्न नचाएकोले यस्तो बहाना बनाएको सोचेर कुटपीटगरी हात बाँधेर बलात्कार गरेको बताए । सलमाले सामाजिक बदनामीको डरले आफ्नो पतिले गरेको यौन हिंसाको विरुद्धमा कारवाहीको लागि कानूनी प्रकृया अपनाएन त्यो समयमा ।

पछिल्लो समय इजिप्टका महिलाहरु बैवाहिक बलात्कारको विरुद्धमा खुलेर बाहिर कुरा गर्न थालेका छन । यसैक्रममा रमजानको महिनामा एक टीभी धारावाहिकमा एक श्रीमानले आफ्ना श्रीमतीलाई यौन हिंसा गरेकोको दृश्य देखाएको थियो । यहि दृश्यको कारण इजिप्टका धेरै महिलामा आफ्ना बैवाहिक बलात्कारको घटना ताजा हुन गयो । यसपछि सामाजिक संञ्जाल फेसबुकमा स्पिकअप नामक पेज बनाएर त्यसमा बैवाहिक बलात्कारको वारेमा आआफ्ना धारण र घटेका घटना सार्वजनिक गर्न थाले ।

visit Kalinchowk

केहि हप्तामा नै ७ सय भन्दा धेरै महिलाले आफुमाथी भएको यौनजन्य घटनाहरु सार्वजनिक गरेका छन । यसमा २७ वर्षिय समा (नाम परिवर्तन)ले पनि आफ्नो भनाइ राखेकी छिन । “उ मेरालागि भगवान जस्तै थियो विवाहको एकवर्षमा म गर्भवती भए मेरो नवजात शिशुको जन्म चाँडै हुनेवाला थियो । सामान्य कारण हामीविच झगडा भयो र श्रीमानले सजाय दिने नियतले ममाथी यौन हिंसा गर्दा मेरो गर्भ पतन भयो ।” समाले सम्वन्ध विच्छेद गरेर अहिले अलग भएकिछिन ।

इजिप्टको केहि क्षेत्रमा विवाहको दिन जवर्जस्ती यौन सम्वन्ध राख्ने सामाजिक गलत चलन छ । पछिल्लो समय झन यो मुद्दा तव चर्चित भयो जब त्यहाका एक चर्चित गायकका श्रीमतीले आफ्नो इन्टाग्राममा आफ्नो बैवाहिक जीवनमा भएको बलात्कारको कहानी सार्वजनिक गरेकी थिइन ।

इजिप्टको सरकारी सस्था नेशनल काउंसिल फर विमेन (राष्ट्रीय महिला परिषद) का अनुसार वैवाहिक जीवनमा बलात्कार, ज़बर्दस्ती यौन सम्वन्ध राख्ने र यौन उत्पीड़नको घटना इजिप्टमा बार्षिक औषत ६ हजार ५ सय दर्ता हुने गरेको छ ।

इजिप्टमा महिलाहरु २४सै घण्टा यौन सम्वन्धको लागि तयार रहनुपर्ने यहाँको सामान्य सँस्कृति भएको महिला कानूनी सहायता केन्द्रमा कार्यरत रेदा दानबुले बताइन । यहि कारण पनि बैवाहिक बलात्कार हुने गरेको बताइन ।

उनका अनुसार इजिप्टमा यदि कुनै महिला आफ्नो श्रीमानसंग यौन सम्वन्ध राख्न मानेन भने उनले पाप गरेको र रातभरी भगवानले श्राप दिने मान्यता पनि राख्ने गरिन्छ ।

यस समस्याको समाधानको लागि इजिप्टमा धार्मिक संस्था दारउल इफ्ताले भनेको छकी “यदि कोइ पुरुष आफना पत्नीको साथ यौन सम्वन्ध राख्नको लागि हिंसा गर्छ भने त्यो अपराध हो र उनको पत्नीले श्रीमान विरुद्ध अदालतमा कानूनी उपचारको लागि जानसक्छिन ।”

विमेन सेंटर फॉर गाइडेंस एंड लीगल अवेयरनेसले पछिल्लो २ वर्षमा वैवाहिक जीवनमा भएको बलात्कारको २०० घटना दर्ता भएको र जसमा धेरै जसो विवाहको दिनमा हुने यौन सम्वन्ध वा बलात्कार भएको दानाबूले बताएकिछिन ।

“तीजको दर” परम्परागत खाना

इजिप्टको कानूनमा बैवाहिक बलात्कारलाई अपराध मानिदैन । यसको कारण इजिप्टको दण्डविधानको धारा ६० अनुसार “दण्ड सजाय त्यो कार्यमा लागु हुदैन जसमा राम्रो नियतले गरिएको होस र जुन सरिया कानून अनुसारभएको होस ।” तर विश्व स्वास्थ्य संगठनलाई यसलाई यौन हिंसा मानेकोछ ।

तर दानाबूको भनाइ अनुसार “महिलाको शारीरिक परीक्षणबाट वैवाहिक बलात्कार साबित गर्न सकिन्छ । त्यसकोलागि महिलाको शरिर परिक्षण गर्दा उसको शरिरमा चोट लागेको हुनु पर्छ जुन देखिने खालको हुनु पर्छ ।”

इजिप्टमा अहिले पनि परम्परागत रूढ़िवादी मूल्य मान्यता हावी छ तर पनि वैवाहिक बलात्कार पीड़ित महिलाहरुले अहिले विस्तारै आवाज़ उठाउन शुरु गरेका छन ।

 

  • 77Read This News:
  • 338442Total reads:
  • 165780Total visitors: