पश्चिमी देशमा कोभिड महामारीका कारण अन्तराष्ट्रिय बजारमा कच्चा इन्धनको मुल्य ७ प्रतिशतले घटेको छ । जुन गत मंगलवारसम्म स्थिर थियो । अप्रशोधित इन्धनको मुल्य घट्नुको अर्को कारण ओपेक र ओपेक प्लसले इन्धन उत्पादनमा बृद्दी गर्ने निर्णयले पनि हो ।
गत आइतवार तेल उत्पादन गर्ने राष्ट्र साउदी अरब र संयुक्त अरब इमिरेटस बिचको विवाद समाधान भएपछी ओपेक कार्टेल राष्ट्र इराक, कुवेत, रसिया, साउदी अरब र संयुक्त अरब इमिरेटले इन्धन उत्पादन बढाउने निर्णय गरेकोछ ।
के बिश्व वजारमा कच्चा इन्धनको मुल्यमा कमी आएसंगै नेपालमा इन्धनको मुल्यमा पनि समायोजन होला त ?
नेपालमा सवारी, हवाइ तथा खाना पकाउने इन्धनको मुल्य नेपाल भारत खुल्ला सिमानाका कारण भारत र विश्व वजारसंग तुलना गरेर निर्धारण गर्ने गरिन्छ । नेपाल आयल निगमका अनुसार नेपाली मुद्रा अमेरीकी मुद्रासंग निरन्तर कमजोर भएका कारणपनि इन्धनको मुल्य निरन्तर बृद्दी हुँदै गएको उल्लेख गरेकोछ । नेपाल आयल निगमका अनुसार भारतको रक्सौलमा भन्दा नेपालको विरगञ्जमा पेट्रोल रु ३७।६९ र डिजल रु४४।४४ प्रति लिटर सस्तो रहेको जनाएकोछ ।
हाल नेपाल आयल निगमले काठमाण्डौ उपत्यकाको १५ किलोमिटर भित्र पेट्रोल प्रति लिटर रु १२८ र डिजल रु १११ कायम गरेको छ ।


