
मिति २०७८ साल साउन १७ गते आइतवार ।।
सरकारले कोरोना विरुद्धको खोपको ब्यवस्था गरेको पहिलो र दोश्रो चरणमा स्वास्थ्य क्षेत्रमा काम गर्ने र सफाइ क्षेत्रमा काम गर्नेलाई अनि पत्रकारलाई त्यसपछी उमेरहदको ब्यवस्था गरेको थियो । यसैक्रममा एक पटक कम उमेरकालाई पनि खोपको ब्यवस्था भएको थियो तर सिमित खोपका कारण धेरैले लगाउन पाएन त्यस पछीका दिनमा उमेरको हदबन्दी र सेवा वर्गिकरणमा नै सिमित रह्यो खोप कार्यक्रम र ५० बर्ष उमेरभन्दा कम उमेरकालाइै खोप लगाउने ब्यवस्था हुनै सकेन । अहिले बल्ल उमेर हदबन्दी हट्यो र हामी पनि खोप लगाउने निर्णयमा पुग्यो तर यसैविचमा खोप चिया पसलमा होटलको कोठाकोठाबाट प्रहरीले बरामद गरेको समाचार आउदा सर्वसाधारणको लागि खोप अझ सहज नभएको संकेत गर्दथ्यो ।
यसैविचमा दिउसो करिव सवा १२ बजेको थियो । शसस्त्र प्रहरी बल अस्पताल बलंबुमा कोरोना विरुद्धको खोप लगाउनेको भीड कम छ भन्ने खवर आयो । हामी कोरोना विरुद्धको खोप लगाउनको लागि भक्तपुरबाट शसस्त्र प्रहरी वल अस्पताल बलंम्बु तर्फ गयौँ । करिव १ः३५ बजे तिर त्यस अस्पतालमा पुग्यौँ र एउटा प्रतिक्षालयमा २ मिनट मात्र के बसेका थियौँ त्यस प्रतिक्षालयमा अन्य करिव १५/२० जना जति बयक्तिहरुपनि बसेका थिए । त्यतिबेला एकजना प्रहरी प्रतिक्षालयमा आएर प्रश्न गर्नुभयो तपाइहरु खोप लगाउन आउनु भएको हो ? हामी प्रायको एउटै जवाफ आयो हो । त्यसपछी ति प्रहरीले यहाँ लाइनमा बस्नुस म तपाइहरुलाई खोप लगाउन कुपन दिन्छु भन्नु भयो सबैजना प्रतिक्षालयमा भएका ब्यक्तिहरु लाइनमा बस्नथाल्यो लाइन मात्र के लगाएको थियो । भीड त करिव ५०/६० जना पुग्न थाल्यो र ति प्रहरीले एक महिला प्रहरीलाई अब पछाडी लाइन बस्न नदिनु पहिला यति लाइन बसेकोलाइ मात्र कुपन दिन्छु भन्नुभयो र ति महिला प्रहरी लाइन ब्यवस्थापन गर्न लगाउनु भयो र कुपन विचरण शुरु भयो र कुपन लिएर खोप लगाउन लाइन बस्न अनुमति दिनु भयो । उक्त प्रहरी थिए सशस्त्र प्रहरी नायब उपरीक्षक डा. बी. चन्द ।
सामान्यतया प्रहरी र सैन्य सेवा क्षेत्रमा चेन अफ कमाण्डको विशेष महत्व हुने गर्दछ र यस क्षेत्रमा आफु भन्दा माथीकालाई र आफ्नालाई बढि प्राथमिकता दिनु पर्दछ त्यो पक्कै हो । यसै क्रममा हामीलाई कुपन वितरण गरिरहेको बेलामा अन्य प्रहरीले कुपन मागेर डा. चन्दलाई हैरान पारेको प्रष्ट देखिन्थ्यो र उनको जवाफ हुन्थ्यो तपाइको मान्छे आएपछि कुपन दिन्छु । यसरी आफुभन्दा माथीका कर्मचारी र उनको परिवारलाई खोप लगाउने ब्यवस्थापन आफुभन्दा साना प्रहरीको कुपन मागका बिचमा अत्ति सहनशिल तरिकाले सर्वसाधारणलायई पनि ब्यवस्थित तवरले कुपनको ब्यवस्था गरेको प्रष्ट देखिन्थ्यो डा. चन्दको ।
हामीले कुपन पाएपछि करिव १ घण्टामा खोप लगाउन पाउने अनुमान गरेका थियौँ तर करिव करिव २ घण्टा लाग्यो । त्यो अवधिमा मैले सशस्त्र प्रहरी नायब उपरीक्षक डा. बी. चन्दको ब्यवस्थापन तरिका निकै बेर नियाले । यस विचमा विच विचमा प्रहरी साथीहरुले आफ्ना साथीहरु र आफन्तलाई विषेश सुविधा नदिएको भने होइन तर पनि यत्तिको व्यवस्थापनलाई राम्रो मान्नु पर्छ । हिजोको सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने ब्यवस्थापन राम्रो थियो मेरो करिव २ घण्टाका बसाइमा यस ब्यवस्थापनको श्रेय उनै सशस्त्र प्रहरी नायब उपरीक्षक डा. बी. चन्द प्रति जान्छ ।
हुनत मुखमा माक्स लगाएपछि ब्यक्ति पहिचान गर्न त गाह्रो नै हुन्छ तैपनि भीड ब्यवस्थापन गर्दै गरेको डा. चन्दको भिडियो तथा फोटो संकलन गर्न खोजेको थिए तर एक प्रहरी आएर भिडियो फोटो खिच्न नपाउने भन्दै मेरो मोवाइल खिचेर भिडियो र फोटो हटाउन थालेपछी मैले आफ्नो परिचय दिएर गलत मनसायले नखिेचेको भनेपछि मो्वाइल त दियो तर धेरै फोटो र भिडियो उनले हटाइ सकेको हुँदा उक्त प्रहरी जवानको भनाइलाई सम्मान गर्दै फोटोलाई समाबेश गरिन र डा. बी. चन्दको पुरा नामको जानकारी सहित छोटो कुराकानी पनि गर्ने विचार थियो त्यो गरेनौ कहिकतै अस्पताल परिसर बहिर हाम्रो भेट भएमा उहाँसंग कुराकानी अबस्य गर्ने छौ सार्वजनिक पनि गर्नेनै छौ ।
गत असार २९,३० र ३१ गते पनि संचारकर्मी, यातायात ब्यवसायी, सर्वसाधारणलाई पनि यस अस्पतालले खोपको ब्यवस्था गरेको थियो त्यो बेला विहान १० बजे लाइनमा बस्ने ले बेलुकी ७ बजेसम्म पनि खोप लगाउन नपाएको गुनासो थियो । तर एउटै संस्थामा कहिले खोप लगाउन नपाउन कहिले १ घण्टा भित्र खोप लगाउन पाउने अबस्थाको सिर्जना हुनु ब्यवस्थापन गर्ने तरिकामा भर पर्ने देखियो ।
समग्रमा असार २९,३० र ३१ गते धेरैले खोप लगाउन नपाउनु ब्यवस्थापन पक्ष कमजोरी पनि एउटा कारण देखियो भने हिजो १ देखी २ घण्टा भित्र खोप लगाउन पाउनुमा सफल ब्यवस्थापन पनि एउटा कारण देखीयो ।
अन्तमाः कोरोना विरुद्को खोपको लगाउन गरेको सफल बयवस्थापनको लागि डा. बी. चन्दप्रति विशेष धन्यवाद ।