रुस द्वारा उत्तर कोरियालाई कोरोना विरुद्ध खोपको प्रस्ताव

उत्तर कोरियामा खाद्य संकट सिर्जना भएको खवरसंगै रुस सरकारले उत्तर कोरियालाई कोरोना विरुद्धको खोप दिने प्रस्ताव गरेकोछ । यस्तै यो भन्दा पहिला अन्य विभिन्न देशले पनि उत्तर कोरियालाई कोरोना विरुद्धको खोप उपलब्ध गर्ने प्रस्ताव गरेका थिए । तर उत्तर कोरिया सरकारले यो प्रस्ताव अस्विकार गर्दै आफनो देशमा कोरोनाको प्रकोप नहोस भनि सिमा नाकाबन्द गरेकोछ ।

उत्तर कोरियाली नेता किम जोंग उनले आफ्नो देशमा खाद्य संकट भएको स्विकार गरेकाछन । गएको महिना उनले आफ्ना जनतालाई खराव दिनको सामना गर्नुपर्ने हुनसक्ने र यसको लागि जुझन तयार रहनु पर्ने पनि बताएका थिए । उत्तर कोरियामा सन १९९० मा सुख्खा परेर खाद्य संकट परेको भन्दा अहिले अन्तराष्ट्रिय ब्यापारिक प्रतिवन्धको कारण भएको खाद्य संकट भयावह भएकोछ ।

गत बुधवार रूसी विदेश मंत्री सर्गेइ लावरोवले उत्तर कोरियालाई कोरोना विरुद्धको खोप दिने प्रस्ताव गरेको बताए ।

 

  • 77Read This News:
  • 338442Total reads:
  • 165780Total visitors: