
संयुक्त अरब इमिरेट यूएईले ६ वटा देश (भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नाइजेरीया)का नागरिकहरुलाई आफ्नो देशमा आगमनको लागि जुलाई १५ तारिख सम्म रोक लगाएकोछ । युएइ सरकारले पछिल्लो २ हप्तादेखी यो रोकलगाएका मुलुकका नागरिकलाई ट्रान्जिटमा पनि रोक लगाएको थियो । यूएईको नागरिक, यूएईको गोल्डेन भिसा भएकालाई भने छुट दिएकोछ ।
यो प्रवेशमा अवरोध युएइमा कोरोनाको संक्रमण एक तिहाइमा डेल्टा भाइरसको संक्रमण भएको पत्ता लागेकोले लगाएको हो । युएइ सरकारले जुलाइ १ तारिख देखी आफ्ना नागरिकलाई १४ वटा मुलुक भ्रमण गर्न रोक लगाएको छ । जसमा नेपाल पनि परेकोछ ।