किन मेट्यो रत्नपार्क आकाशे पुलको चित्र ?

दुर्जयांग शेर्पा सहितको ४ कलाकार र केही सहयोगीको साथमा काठमाण्डौ महानगर पालिका वडा नं. २८ को सहमतिमा काठमाण्डौको रत्नपार्कमा रहेको आकाशे पुलमा माहामारीको बेलामा पनि अग्रपंक्तिमा रहेर काम तथा सेवा गर्ने ब्यक्तिको मनोवल बढाउन एक चित्रकला निर्माण गरेका थिए । तर यो चित्र तयार पारेको केहि दिनमानै काठमाण्डौ महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यको आदेशमा सो चित्र मेटिएको छ ।

किन मेटियो त त्यो चित्रकला ?

करिव ३० वर्ष पहिला नेपालको कुनै मठ मन्दिर, सत्तल, सार्वजनिक स्थान, सडकको भित्ता तथा कुनै ब्वक्तिको घर कम्पाउण्डमा तत्कालिन ब्यवस्थाको बिरुद्धमा भित्ते लेखन गर्ने गरिन्थ्यो । यो कार्यले शहर वजार नराम्रो त हुने नै भयो यसका साथै धेरै रकम खर्च गरेर सिंगारेको भौतिक सम्पत्ती कुरुप बनाउने तथा राज्य ब्यवस्थाको बिरुद्ध हुने भएकोले त्यस्तो भित्ते लेखन गर्ने ब्यक्ति समुह दललाई कडा कारर्वाही गर्ने गरिन्थ्यो । त्यस्ता भित्तेलेखनले धेरै सम्पत्तीका नाश हुन्थ्यो । त्यो बेला भित्तेलेखन तथा भित्ते चित्रकलालाई अनुमति नदिएकोले पनि यो रत्नपार्कको आकाशे पुलमा लेखिएको चित्रपनि मेयर शाक्यको आदेशले नियमसंगत देखी मेटाएको हुन सक्छ ।

रत्नपार्कमा कोरिएको यस्त चित्रलाई बिभिन्न मुलुकमा ग्राफिटि आर्ट भनिन्छ । यो कलाको माध्यमबाट कोरिएको चित्र फरक खालको पहिचान बोकेको हुन्छ जुन केही ब्यक्ति तथा समुहलाई राम्रो नलाग्न सक्छ त्यो फरक कुरा हो । ग्राफिटी भनेको अनुमति लिएर वा नलिइकन आमजनको बिचार परिवर्तन गर्ने उदेश्यले कुनै सार्वजनिक स्थान तथा भित्तामा लेखिने तथा कोरिने चित्रलाई ग्राफिटी भनिन्छ । यस कलालाई विभिन्न देशमा गैह्रकानूनी मानिन्छ त्यही भएर काठमाण्डौको महानगरपालिकाको मेयरले यो चित्र मेट्न लगाएका होलाकी नियम संगत नभएर ? तर समाजमा सहि सूचना दिने खालको भित्ते लेखन लाई नमेटेको भएपनि हुन्थ्यो तर ३० बर्ष अगाडी लेखिने भित्ते लेखन पनि त ब्यवस्था परिवर्तनको लागि थियो त्यति बेलाका शासककालागि त्यो लेखन गलत अबश्य थियो । तर परिवर्तन चाहनेको लागि सही । त्यसैले कुनै समुदायलाइ सहि लाग्ने कुनै समुदायलाई गलत लाग्न सक्छ । नियम पनि त एकातिर मान्नै पर्ने हुन्छ । यो चित्र सेवाको समर्थनमा भएको मान्यता छ तर व्यवस्थापनले त्यो बुझ्नु भन्दा नियमलाई मान्नु परेकोले यो भित्तेलेखन मेटेको हुन सक्छ ।

तर वडा नं. २८ को अनुमति लिएर लेखिएको चित्र समाजमा नकारात्मक सन्देश नदिने खालको भए नमेटिएको भए हुन्थ्यो यो आम चाहानामा मेरो एक मत मात्र हो ।

 

  • 162Read This News:
  • 472837Total reads:
  • 281412Total visitors: