लप्सीको अचार

यो अचार बनाउनको लागि पाकेको लप्सी, चिनी वा सखर, मेथी, ल्वांग, सुकुमेल, दालचिनी, तेजपत्ता, मरिच, सुकेको खुर्सानीको धुलो र चिल्ली फलेक्स, बेसार, नुन अनि थोरै खाना पकाउने तेलको आवश्यकता पर्दछ ।

सबैभन्दा पहिला लप्सीलाई राम्रोसंग पखालेर २ कपजती पानी राखेर २ सिठ्ठी लाग्दा सम्म प्रेशर कुकरमा उसिन्ने । त्यसपछि उसिनेको लप्सीको बोक्रा छोडाएर अचार बनाउन चाहनुहुन्छ भने बोक्रा छोडाउनुहोला वा बाक्रासंगै पनि अचार बनाउन सकिन्छ ।

यसपछि एउटा भाँडामा खाना पकाउने तेल तताएर त्यसमा मेथी, ल्वांग, सुकुमेल, मरिच, दालचिनी, तेजपत्ता राखेर फ्राइ गर्ने त्यसपछि धुलो खुर्सानी, बेसार र नुन राखेर फेरी फ्राइ गर्ने त्यसको लगत्तै चिनी वा सख्खर राख्ने कही समय चिनीलाई फ्राइ गरेपछि लप्सी उसिन्न राखेको पानी राखेर केहि समय चिनी वा सख्खर पुरै नघुल्दासम्म पकाउने ।

चिनी वा सख्खर पुरै घुलिसकेपछी त्यसमा उसिनेको लप्सीराखेर केही समयसम्म पकाउने र चिनी वा सख्खरको पाक बाक्लो भएपछी लप्सीको अचार वा खट्टीमिठी तयार हुन्छ । र यसलाई केही समय सेलाउन दिने ।

अचार सेलाएपछी सफा शिसाको भाँडामा राखेर राख्ने र आफ्नो अनुकुल अनुसार खान सक्नुहुनेछ ।

भिडियो हेर्नकालागि यो फोटो क्लिक गर्नुहोला
Lapsi achar

 

  • 165Read This News:
  • 458555Total reads:
  • 268126Total visitors: