महाशिवरात्री र टुटेश्वर महादेव मन्दिर

महाशिवरात्रीको अवसर पारेर महोत्तरी जिल्लाको बर्दिवास बजारबाट करिव ५/६ किलो मिटर पश्चिम महेन्द्र राजपथ (लोकमार्ग)मा पर्ने टुटेश्वर चोकवाट बाँया तिर करिव करिव ५/६ किलो मिटर नै जंगलै जंगल गएपछि एउटा सानो सुन्दर बस्ती आउछ । त्यो वस्ती पारगरेपछि करिव ५ मिनेटमा एउटा सानो हाटलागेको छ । पुजाका सामाग्री, चियानास्ता पसल त कतैकतै नाचगान गरेको र दर्शनार्थीको भीडपनि देखिन्छ । यो हाटवजार लागेको स्थानबाट अलिमाथी उक्लेपछी सुन्दर सम्म परेको स्थान आउछ हो यहि छ टुटेश्वर महादेवको मन्दिर ।

बिशेषगरी शिवरात्रीका साथै अन्य बिशेष पर्व र हरेक सोमवार बढी दर्शनार्थीको भीडलाग्ने यो मन्दिरमा हामी शिवरात्रीको अवसर पारेर दर्शन गर्न आएकाछौ ।

यो मन्दिर जाने क्रममा तयार पारिएको भिडियो हेर्न यो फोटो क्लिक गर्नुहोला ।

Tuteshwor

 

 

  • 196420Total reads: