नेपाली सँस्कृती भारीकोटे

भारीकोटे मैलेपनि पहिलो पटक सुनेको शब्द हो । भारीकोटे भनेको गाउँघर शहर बजारमा विभिन्न ठुलाठला कार्यहुँदा खाना भोज बनाउने ख्वाउने देखी विभिन्न कार्य जस्तै घर आँगन सजाउने, आवश्यक सरसामानको जोहो गरिदिन गाउँघर टोल छिमेक मिलेर सहयोगी भावनाका साथ गरिदिने ब्यक्ति वा समुहलाई भारीकोटे भन्ने गरिन्छ । भारिकोटेको नेता अर्थात प्रमुख एक जना हुन्छ र उसैको सहयोग र सल्लाह अनुसार अन्य सहयोगीहरुले कार्य सम्पादन गर्न मद्धत गर्ने गर्दछ ।

पछिल्लो समयमा शहर बजारमा यस्ता कार्य विभिन्न इभेण्ट म्यानेजमेण्टको नाममा दर्ता भएका कम्पनी मार्फत वा विभिन्न रेष्टुरेण्ट वा पार्टी प्यालेस मार्फत गर्ने गरिन्छ । तर गाउँघरमा भने यस्ता कार्य हिजोआज पनि कायम भएको देखिन्छ । हामीले यो भिडियो धनुषा जिल्लाको लालगढबाट संकलन गरेका हौँ । हुन त यस लालगढबाट करिव २ किलोमिटरको दुरीमा नजिकै महोत्तरी जिल्लाको बर्दिवास बजार छ । यस बर्दिवास बजारमा विभिन्न सुविधासम्पन्न होटल, रेष्टुरेण्ट, पार्टिप्यालेस आदी छन् । यसका साथै यो भारीकोटे भिडियोको लागि संकलन गरेको स्थानसंगैे लालगढको प्रसिद्ध बउवा होटल पनि छ । केहि समय अगाडी त यो वउवा होटल त्यति राम्रो थिएन अहिले पुनः निर्माण गरेर पार्टि प्यालेसको पनि ब्यवस्था गरेकोछ ।

तर स्थानियहरु आजभोलि पनि पार्टिप्यालेस, होटल, रेष्टुरेण्टआदीमा सामाजिक कार्यगर्न भन्दा पनि आफ्नै घर आँगनमा पारिवारीक समुह मिलेर यसरी विभिन्न सामाजिक कार्यगर्न रुचाउने गर्दछ । आफ्नो घरआँगनमा प्रसस्त ठाउँको ब्यवस्था गर्न सकिन्छ भने यसरी समाजिक कार्य गरिन्छ भने ठाउँको अभाव भएको ठाउँमा पार्टिप्यालेस, होटल, रेष्टुरेण्टमा सामाजिक कार्यगर्ने गरिन्छ । पछिल्लो समय गाउँघरमा पनि भारिकोटेको कार्य शहर बजारमा विभिन्न नाममा सञ्चाल भएको इभेण्ट म्यानेजमेण्ट कम्पनीले जिम्मा लिएको जस्तै क्याटरिङ्ग सेवा सञ्चालनमा आएको छ ।

यसरी गाउँघरमा विभिन्न सामाजिक कार्यमा सघाएर कार्यक्रम समापन भएपछि भारिकोटेको समुहले कुनै ज्याला नलिने समुह र समाज मिलेर पर्म जस्तै सघाउने भएकोले यसरी सगुनको रुपमा यसरी उपहार दिने गरिन्छ र सामाजिक कार्य समुहमा मिलेर सम्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद दिदै विदाइ गर्ने चलन छ ।

भिडियोको लागि यो फोटो क्लिक गर्नुहोला

bharikote

 

  • 482Read This News:
  • 458516Total reads:
  • 268088Total visitors: