
नेपालमा गत २४ घण्टामा १४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएको र १,२०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ।
शनिवारको यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३,१२० र निको हुनेको सङ्ख्या ३७,५२४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ ।
नेपालमा गत २४ घण्टा सम्ममा को।रोना भाइरसका कारण ३३६ जनाको ज्यान गएको र ८५२ जना सङ्क्रमण मुक्त भएका छन् ।
हाल देशभर १५,२६० जना आइसोलेशनमा र ६,३५४ जना क्वारन्टीनमा रहेका छन्। तीमध्ये होम आइसोलेशनमा ६,१५३ जना रहेका छन्।
त्यसैगरी २४ घण्टामा १०,१७६ को पीसीआर परीक्षण गरिएको छ ।
यसैगरी संक्रमित आईसीयूमा १६० जना र भेन्टिलेटरमा २४ जना रहेका छन्।