सरकारले कोभिड अस्पताल बनाउन वीर अस्पताल खाली गरेसँगै त्यहाँ उपचाररत गंगामाया अधिकारी अलपत्र परेकी छन्। कोरोना संक्रमितबाहेकका बिरामीलाई अन्तै राख्ने व्यवस्था गरे पनि अस्पताल प्रशासनले गंगामायालाई भने बेवास्ता गरेको छ। उनी लामो समयदेखि वीर अस्पतालमै रहेर उपचार गराउँदै आइरहेकी छिन्। अप्ठेरोमा साथ दिने कोही नभएपछि अस्पतालको तेस्रो तलामा अहिले उनी एक्लैै परेकी छन्। कुरुवा बस्न आफन्तजन पनि कोही आउँदैनन्।
गंगामायाको अवस्थाबारे विभिन्न निकायका अधिकारवादी र पूर्वप्रधानन्यायीशहरूले चासो देखाएका छन्। उनीहरूले वीर अस्पतालको मुख्य भवनलाई कोभिड अस्पतालमा परिणत गरे पनि गंगामायालाई बेवास्ता नगरी अन्य बिरामीलाई जस्तै अन्यन्त्र सार्ने व्यवस्था मिलाउन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले उनलाई सुरक्षित ठाउँमा राख्नुपर्नेमा जोड दिँदै आएका छन्। त्यस्तै अधिकारवादीहरू दमननाथ ढुंगाना, केदारभक्त माथेमा, शम्भु थापा, डा. वीरेन्द्र मिश्र, डा. गौरी शंकरलाल दास, चरण प्रसाईलगायतले पनि सरकारले गंगामायालाई चाडै नै सुरक्षित ठाउँमा सार्न अपिल गरिरहेका छन्। उनलाई वीर अस्पतालमै राखिरहे गंगामायालाई थप जोखिम हुन सक्नेप्रति सचेत हुनुपर्ने उनीहरूको भनाइ छ।
यो खवर हामीले नागरिक न्युजबाट लिएकाहौ पुरा खवरकालागि यहाँ क्लिक गर्नुहोला [Read More]


