मुग्लिनको नयाँ पुल चाँडै सञ्चालनमा आउने

Abhiyan

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । पुरानो पुल जिर्ण भएकोले चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली र मर्स्यांदी नदीको मिलनविन्दु नारायणी नदी माथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेको र सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरेकोछ । जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिनेछ ।
विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । पुलको लम्वाइ १२० मिटर र चौडाइ फुटपाथसहित ११ मिटर रहेको छ ।

विश्व बैंकको रु १२ करोड लागतमा उक्त पुल निर्माण गरिएको हो । पृथ्वी राजमार्ग अन्तर्गत नारायणी नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।

 

  • 70Read This News:
  • 1Visitors currently online: