गोधूलि साहित्य प्रतिष्ठानद्वारा ९ जना स्रष्टाहरुलाई सम्मान

काठमाडौं । गोधूलि साहित्य प्रतिष्ठानको ८ औं वार्षिकोत्सवमा ९ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्व कुलपति नेपाल प्रज्ञा प्रतिष्ठान तिलविक्रम नेम्वाङ (बैरागी काईला), वरिष्ठ समाजसेवी विजय बहादुर माली र कलाकार तथा समाजसेवी उर्मिला उपाध्याय गर्गलाई अभिनन्दन गरियो । त्यस्तै वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’, समाजसेवी तथा साहित्यकार सुना भण्डारी, समाजसेवी विष्णु पोखरेल, डम्बर बहादुर विश्वकर्मा, साहित्यकार हरिप्रसाद उप्रेती, देवकी अभिलाषी, गायक सन्तोष तामाङ, समाजसेवी प्रशान्तमान सिंह मास्के र संस्थाका आजीवन सदस्य शिरिष मानन्धरलाई सम्मान गरेको छ ।

सम्मानित तथा अभिनन्दित प्रतिभाहरुलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ठ साहित्यकार तील बिक्रम नेम्वाङ (बैरागी काईला)ले अभिनन्दन तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको २०७६ सालको वार्षिक भित्ते पात्रो लोकार्पण गर्दै प्रमुख अतिथि बैरागी काइँलाले संस्थाले अनुकरणीय कार्य गरेको बताउनु भयो ।

कार्यक्रममा समाजसेवी तथा साहित्यकार सुश्री भद्रकुमारी घलेले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

प्रकाश समीर

 

  • 27Read This News:
  • 0Visitors currently online: