तेजिंग हिलारी विमानस्थलमा विमान दुर्घटना, सहचालक सहित ४ जनाको मृत्यु

Photo source: Facebook friends

नयाँ वर्ष २०७६ सालको शुरुवातसंगै दुःखद घटना घटेकोछ । समिट एयरको 9NAMH कलसाईनको हवाईजहाज आज बिहान सोलुखुम्बु जिल्लाको लुक्ला स्थित तेन्जिंग हिलारी विमानास्थलमा उडनेक्रममा धवनमार्गमा चिप्लिएर नजिकै रहेको नाङ एयरको हेलिकप्टरमा ठोक्किदा ४ जनाको मृत्यु भएको छ ।

घटनास्थलमै २ जनाको मृत्यू भएको र २ जनाको पुष्टि हुन बाँकी रहेको स्थानिय प्रहरीले जनाएको छ ।

समिट एयरका सहचालक एस ढुंगाना र पर्यटक प्रहरीका अतिरिक्त सहायक निरिक्षक राम बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने समिट एयरका चालक रविन्द« रोकाया, नेपाल प्रहरीका असई रुद्र बहादर श्रेष्ठ र मनाङ एयरको हेलिकप्टरका चालक चेत बहादुर गुरुङ गंभिर घाईते भई उपचारका लागि काठमाडौ ल्याईएको प्रहरीले जनाएको छ ।

समिट एयरका विमान परिचारिका भने सुकुशल रहेको प्रहरीले जनाएको छ ।

 

  • 70Read This News:
  • 0Visitors currently online: