योजना ढिलो हुन दिइन्नः मुख्यमन्त्री गुरुङ

बागलुङ, १४ चैत २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास निर्माणमा ढिलासुस्ती हुन नदिइने बताउनुभएको छ । बुधवार बागलुङमा आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्य योजनाको अनुगमन तथा निरीक्षणमा आफै सहभागी हुने बताउनुभयो ।

अनुगमन फितलो हुँदा योजनाको काम ढिलो र गुणस्तरहीन हुने गरेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । “अब त्यसमा कडाइ गरिन्छ”, उहाँले भन्नुभयो, “निर्माण क्षेत्रको बेथिति हटाउन सार्वजनिक खरीद ऐनलाई संशोधन गर्नुपर्छ ।” मुख्यमन्त्री गुरुङले सङ्घीय सरकार मातहतका ठूला आयोजनाको व्यवस्थापनको जिम्मा प्रदेशलाई दिनुपर्ने धारणा राख्नुभयो । सङ्घीयताको मर्म विपरीत स्रोत र शक्तिलाई सङ्घमा सीमित गर्न नहुने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्ज गुरुङले बुधवारनै कार्यकर्तासँगको भेटघाटमा यही चैतभित्र पार्टी एकता टुङ्गिने बताउनुभयो । “गाउँ, वडातहदेखि केन्द्रसम्मको एकता चैतभित्रै हुन्छ”, उहाँले भन्नुभयो ।

 

  • 22Read This News:
  • 260594Total reads:
  • 129911Total visitors: