ब्राजिलका पूर्वराष्ट्रपतिलाई आफ्ना नातीको अन्त्येष्टिमा जान अनुमति

Photo Source: theguardian.com

रियो दि जेनेरियो, १९ फागुन २०७५ । काराबासमा रहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।

उहाँको सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उहाँलाई अन्त्येष्टिमा सहभागीताका लागि अनुमति दिएको हो ।

अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उहाँको सहभागीता रहने अधिकारीहरुले जनाएका छन् ।

अन्त्येष्टिमा सहभागी हुन उहाँ साओ पाउलोमा जाने कार्यक्रम रहेको छ । सो ठाउँ लुला परिवारको बाक्लो बस्ती भएको ठाउँ मानिन्छ ।

कडा सुरक्षा व्यवस्थासहित उहाँ विमानबाट कार्यक्रम स्थलमा पुग्ने कार्यक्रममा सहभागी हुनुहुने भएको छ । ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिना जस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमती दिन सक्ने व्यवस्था रहेको छ ।

ब्राजिलमा सैनिक शासन रहेका बेला जवरजस्ती काराबासमा राखिएका लुलालाई त्यतिबेला पनि आफ्नी आमाको अन्त्यष्टीमा सहभागी हुन दिइएको थियो ।

 

  • 26Read This News:
  • 1Visitors currently online: