अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीलाई बुझाए

पाकिस्तान, १९ फागुन २०७५ । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहरू लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले जनाएको छ ।

यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको छैन । तर भारतीय टेलीभिजन आजतकले भने अभिनन्दन स्वदेश फर्किएको दृश्यलाई प्रत्यक्ष प्रशारण गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताउनुभएको छ ।

“पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ,” बिहीबार संसदका दुबै सदनलाई गरेको संयुक्त सम्बोधनमा उहाँले भन्नुभएको थियो ।”

 

  • 43Read This News:
  • 479813Total reads:
  • 287373Total visitors: