फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

अमेरिका, ४ पुस २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ ।

ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि आएको हो ।

उहाँले भन्नुभयो, “फेसबुक, ट्वीटर र गुगल ‘डेमोक्रेटिक’ को पक्षमा देखिएका प्रष्ट भएको छ जुन निन्दनीय छ ।”

उहाँले थप्नुभयो, “वास्तवमा ट्वीटरले जनतालाई अमेरिकी राष्ट्रपति ट्रम्पसँग जोडिन धेरै समस्या बनेको छ । उनीहरूले धेरै मेरो समर्थकका धेरै नामहरूलाई हटाइदिएका छन् र तह र गतिको वृद्धिलाई निकै नै ढिला पारिदिएका छन् ।”

 

  • 52Read This News:
  • 473164Total reads:
  • 281709Total visitors: