म्याक्सीकोका विभिन्न ठाउँमा रहेका झण्डै २३ सय आप्रवासी बालबालिकाहरुलाई संरक्षणको आवश्यकता

संयुक्त राष्ट्रसंघ, ११ कात्तिक २०७५ । अमेरिकासँगैको सिमा क्षेत्रमा पर्ने म्याक्सीकोका विभिन्न ठाउँमा रहेका झण्डै २३ सय आप्रवासी बालबालिकाहरुलाई संरक्षणको आवश्यकता देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले ती बालबालिकाहरुलाई आधारभूत सेवा सुविधा समेत अभाव रहेकाले सहयोगको आवश्यकता रहेको जनाएको हो ।

युनिसेफद्धारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, “आधारभूत सेवा सुविधा नपाएकाले कति बालबालिकाहरुको जीवन गएको छ भने कतिपय बालबालिकाहरु विभिन्न रोग तथा समस्याबाट प्रभावित छन् । त्यसैले उनीहरुलाई तत्काल सहयोग र संरक्षण आवश्यक भएको छ ।”

विभिन्न बाटोबाट आप्रवासी हुन आएका ती बालबालिकाहरु धेरै लामो समयसम्म यात्रा गर्नु पर्ने, अनिश्चीत र खतरापूर्ण हुने, हिंसा, बलात्कार र विस्फोटनका घटनामा पर्न सक्ने लगायतका खतराका भएकाले उनीहरुलाई तत्काल संरक्षण आवश्यक भएको युनिसेफको भनाई छ ।

युनिसेफले आफुले तीनीहरुलाई सहयोग गरेको र अरु सहयोगी तथा साझेदार संस्थाहरुलाई पनि सहयोगका लागि आह्वान गरेको छ ।

 

  • 42Read This News:
  • 404866Total reads:
  • 218319Total visitors: