१९ वर्षीय अङ्कित दाहालकोहत्या आरोपीहरु पुर्पक्षका लागि थुनामा

मोरङ, ३० कात्तिक २०७३। मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । दाहालको गत असोज २८ गते हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि धानबारीमा फ्यालेको अवस्थामा शव फेला परेको थियो ।

घटनामा संलग्न विराटनगर–५ की १८ वर्षीया फूलकुमारी उराव, सोही ठाउँका डाइलर भनिने २० वर्षीय युवराज परियार, टिम्मा भनिने १७ वर्षीय सुकदेव उराउ, २२ वर्षीय सुरज उराउ र हन्टर भनिने १७ वर्षीय सार्जन खरेललाई पक्राउ गरेर मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

घटनामा संलग्नले मागेका बेला लागुपदार्थ र चुरोट नदिएको विषयलाई लिएर नियोजित रुपमा दाहालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

 

  • 37Read This News:
  • 417822Total reads:
  • 230569Total visitors: