टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि बैतडीमा हुने

बैतडी, ७ असोज २०७५ । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा प्रथम परस्कार रु १ लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार रु ५५ हजार ५५५ ट्रफी तथा प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी)का अध्यक्ष महेशसिंह भण्डारीले बताउनुभयो ।

कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी एक जनालाई रु ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक/एक जनालाई जनही रु ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ ।

असोज २५ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने प्रतियोगितामा सहभागी हुने टोलीमा तीन जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलाडी (नेपाली नागरिक) समेत राख्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु निङ्गलाशैनी खेल मैदान देहिमाडौँमा सञ्चालन हुनेछन् ।

 

  • 94Read This News:
  • 404764Total reads:
  • 218223Total visitors: