एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरण खेल मङ्गलबार नेपाल र हङकङ विच हुने

काठमाडौँ, १८ भाद्र २०७५ । नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् ।

४ खेलमा २ जित र २ हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ २ जित र १ हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो । छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

४ खेलमध्ये ३ मा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ । ४ खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ । मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् ।

 

  • 44Read This News:
  • 417853Total reads:
  • 230596Total visitors: