भेनेजुयली शरणार्थी नियन्त्रणप्रति राष्ट्रसङ्घको चिन्ता

स्वीट्जरल्याड, ८ भाद्र २०७५ । दक्षिण अमेरिकी मुलुकहरूले भेनेजुयलामा पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण विदेशिन बाध्य भेनेजुयली नागरिकको प्रवेशमा कडाइ गरेपछि यसप्रति संयुक्त राष्ट्रसङ्घले बिहीबार चासो ब्यक्त गरेको छ ।

खासगरी भेनेजुयली शरणार्थीको चापसँगै इक्वेडर र पेरुले सीमानाका कडा पार्ने उपायको घोषणा गरेपछि राष्ट्रसङ्घले शरणार्थीको समस्याप्रति चिन्ता देखाएको हो ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय र अन्तराष्ट्रिय आप्रबासी सङ्गठनले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा राष्ट्रसङ्घीय शरणार्थी निकायका प्रमुख फिलिप्पो ग्राण्डीले भन्नुभयो, “आर्थिक सङ्कटका कारण ठूलो सङ्ख्यामा भेनेजुयली नागरिकहरू देशबाट बाहिरिन थालेपछि यसबाट जटिल चुनौतिहरू खडा भएको हामीले महशुस गरेका छौँ ।”

सुरक्षाका लागि शरणका लागि अन्तराष्ट्रिय समुदायसँग सहयोग लिन आउने भेनेजुयली नागरिकलाई लक्षित गरी घोषणा भएका सीमासम्बन्धी नीति निकै आलोचनात्मक बनेको छ, ग्रान्डीले भन्नुभयो ।

भेनेजुयला आर्थिक सङ्कटका कारण भएको ठूलो सङ्ख्यामा भेनेजुयली नागरिकको पलायनको बिषयमा चासो व्यक्त गर्दै कोलम्बियाले बुधबार ‘पहुपक्षीय आपतकालीन कोष’को व्यवस्थाका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिनिधिको उपस्थितिको आवश्यकता भएको बताउनुभएको थियो ।

गत १६ महिनामा भेनेजुयलाबाट कोलम्बिया प्रवेश गर्ने शरणार्थी सङ्ख्या १० लाख पुगेको छ । राष्ट्रपति निकोलास मडुरोले विगत चार बर्षको समयमा भेनेजुयलाको आर्थिक मन्दी र अत्यधिक मूद्रास्फीतिको सामना गरेको छ ।

कोलम्बियाले भेनेजुयलाबाट आएका ८ लाख शरणार्थीलाई अस्थायी बसोबासको व्यवस्था गरेको छ भने केही कोलम्बियाबाट पेरु, चिली र अर्जेन्टिनातर्फ जान चाहन्छन् ।

तर पेरु र एक्वेडरले गत हप्ता राहदानीविना आउने कसैलाई पनि प्रवेश नदिने घोषणा गरेका थिए र यसले लार्खौ भेनेजुयली शरणार्थीलाई प्रभावित बनाएको छ ।

“खासगरी किशोरकिशोरी, महिला तथा अन्य भेनेजुयली जसले परिवारसँग पुनःमिलन चाहन्छन् उनीहरूलाई उक्त निर्णयले निकै समस्यामा पारेको छ,” यूएनएचसीआर तथा आइओएमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रसङघीय निकायहरूले राहदानीको प्रावधानले भेनेजुयली नागरिकहरूलाई शोषण, बेचविखन तथा हिंसाको थप खतरामा पारेको जनाएका छन् ।

राष्ट्रसङ्घको तथ्याङ्कमा सन् २०१५ पछि भेनेजुयला छोड्ने नागरिक सङ्ख्या १६ लाखभन्दा बढी पुगेको छ ।

 

  • 31Read This News:
  • 404764Total reads:
  • 218223Total visitors: