बर्षाका कारण भारतमा ७९ जनाको मृत्यु

भारत, २९ जेठ २०७५ । भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत २ दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

“भारी बर्षाका कारण गत २ दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ,” राज्यका एक मन्त्री इ चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा बताउनुभयो ।

उहाँले आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति पुगेको पनि जानकारी दिनुभयो ।

घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई ४ लाख रुपैँया राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गर्नुभयो ।
भारी बर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन् ।

भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी छिमेकी राज्य विहारमा पनि गत हप्ता २७ जनाको मृत्यु भएको बताइएको छ ।

भारतका पाँच प्रदेशमा गरी कुल २५० भन्दा बढीको मृत्यु गत महिनाको बर्षा र बाढी पहिरोका कारण भएको थियो । घटनामा परी अरु ४०० जना घाइते भएका थिए ।

 

  • 14Read This News:
  • 417477Total reads:
  • 230233Total visitors: