पुर्वराष्ट्रपति मुसरफलाई अदालतमा उपस्थित हुन आदेश

पाकिस्तान, २५ जेठ २०७५ । पाकिस्तानको सर्वोच्च अदालतले पुर्वराष्ट्रपति परवेज मुसरफलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

उहाँलाई यही जुन १३ तारिखका दिन अदालतमा उपस्थित हुन अदालतले बिहीबार आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रधान न्यायाधीश मिन साक्विब निसार नेतृत्वको तीन न्यायाधीशको इजलासले मुसरफले दिएको निवेदनमाथि सुनुवाईका लागि उहाँलाई बोलाइएको हो ।

सन् २०१३ मा पेशावार उच्च अदालतले मुसरफलाई राष्ट्रपति बन्न अयोग्य भएको फैसला गरेकोमा त्यसको पुनरावलोकन गर्न माग गर्दै मुसरफले दुई बर्ष अगाडी नै सर्वोच्चमा निवेदन दर्ता गर्नुभएको थियो ।

तीन सदस्यीय इजलासले पूर्व सैनिक शासक मुसरफलाई अदालतमा आएको वेला पक्राउ नगरिने भनी आश्वस्त पारेको छ ।

 

  • 42Read This News:
  • 417402Total reads:
  • 230158Total visitors: