म्यानमारका राष्ट्रपति उ तिन कायद्वारा स्वास्थ्यका कारण राजिनामा आगामी बुधबार नयाँ राष्ट्रपतिको निर्वाचन

म्यानमार, १२ चैत २०७४ । म्यानमारमा अगामी बुधबार राष्ट्रपति पदको निर्वाचन हुने भएको छ ।

गत बुधबार त्यहाँका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएपछि सो पदको लागि निर्वाचन हुन लागेको हो ।

बुधबार हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि सोमबार उम्मेदवार दर्ताको लागि दर्खास्त आह्वान गरिएको म्यानमार संसद्को सचिवालयले सोमबार घोषणा गरेको छ ।

म्यानमारको संसद्का नवनियुक्त सभामुख यु माह्न विन तानद्वारा सोमबार यस निर्वाचनका बारेमा जानकारी दिनुभएको संसद् स्रोतले जनाएको छ ।

राष्ट्रपति उ तिन कायले आफ्नो स्वाथ्यको कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको जानकारी यहँका सञ्चारमाध्यमहरुले दिएका छन् ।

म्यानमारमा राष्ट्रपतिले राजीनामा दिएपछि बढीमा सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

राष्ट्रपति पद खाली भएपछि यस अवधिमा वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिका रुपमा कार्यरत हुनुहन्छ । यस निर्वाचनमा उपराष्ट्रपति उ मिन्त स्वेपनि एकजना उम्मेदवार हुनुहुने बताइएको छ ।

पूर्व राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो । उहाँले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएको स्पष्ट गरिसक्नुभएको छ ।

 

  • 32Read This News:
  • 417653Total reads:
  • 230408Total visitors: