पुटिन ७६.६७ प्रतिशत मत सहित आगामी ६ वर्षकालागि राष्ट्रपतिमा निर्वाचित

रसिया, ६ चैत २०७४ । रुसको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गर्नुभएको छ ।

आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उहाँ अत्यधिक बहुमतका साथ पुनः निर्वाचित हुनुभएको समाचारमा जनाइएको छ ।

यो उहाँका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो । उहाँका प्रतिद्वन्द्वीले १२ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको छ ।

आइतबार सम्पन्न मतदानमा ६७ प्रतिशत मत खसेको थियो । यस मतसंख्यालाई पनि कममात्र मत खसेको भनी टिप्पणी गरिएको छ ।

उता विपक्षीहरुले भने उहाँको यो मत प्रतिशतलाई अस्वाभाविक भनी टिप्पणी गरेका छन् । उनीहरुले यस मतप्रतिशतलाई राष्ट्रपतिले स्वच्छ निर्वाचनका माध्यमबाट प्राप्त नगरेको बताएका छन् ।

पुटिनले रुसलाई करिब दुई दशकदेखि नेतृत्व प्रदानगर्दै आउनुभएको छ । यो उहाँको चौथो कार्यकाल हो । उहाँले रुसलाई आगामी छ वर्ष नेतृत्व प्रदान गर्नुहुने छ ।

 

  • 24Read This News:
  • 417657Total reads:
  • 230412Total visitors: