काठमाडौँ , ८ चैत २०७३ । फागुन २१ बाट सुरु भएको एमालेको मेची–महाकाली अभियान सकिएसँगै एमालेले अभियानबारे समीक्षा गरिरहेको छ । झण्डै एक हजार किलोमिटरको यात्रा गरेको एमालेले यो अभियानमा कुन जिल्लामा कति खर्च गर्यो त ?
झापा
झापाबाट सुरु भएको मेची–महाकाली अभियानअन्तर्गत झापामै तीन ठाउँमा सभा भए । तीन ठाउँको सभा, पाहुनाको व्यवस्था, झण्डा, ब्यानर र प्रचार प्रसारका लागि ३५ लाख खर्च भएको प्रचार विभाग सदस्य मुक्ति पौडेलले बताए । यो खर्चको व्यवस्था शुभचिन्तक र व्यापारीबाट उठाएको पौडेलले बताए । झापा जिल्लाभरिका कार्यक्रममा २० हजार झण्डा र ब्यानर प्रयोग भए । ३२ वटा गेट बनाइए । ६ सय स्वयंसेवक परिचालन भए, ५ सयवटा गाडी प्रयोग भए भने १६ एफएम र ७ वटा दैनिक पत्रिकामा विज्ञापन दिएको पौडेलले बताए । [Read More]
News Source: Ratopati


