एमालेले सत्तारूढ दललाई भन्यो- मोर्चा चुनावमा आउने भए हामी तयार छौ

काठमाण्डौ, ८ चैत २०७३ । सत्तारूढ चार दलसमक्ष प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मोर्चा चुनावमा आउने सुनिश्चितता गर्न आग्रह गरेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर गृहकार्यसहित अगाडि आउन सरकारलाई सुझाव दिँदै सरकारले तोकेको वैशाख ३१ गतेको निर्वाचनमा मोर्चा पनि आउने सुनिश्चितात भए सहमति गरेर अगाडि बढ्न सकिने जनाउ दिएको हो।

मोर्चासँगको सहमति नजिक पुगेको सत्ता पक्षले विषय वा प्रक्रियामा एमालेको पनि सहमति जुटाउने क्रममा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा यस्तो सुझाव दिएको हो। सोमबार दिनै भरी अनौपचारिक छलफलमा व्यस्त रहेको सत्तारूढ दलले साँझ वालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धारणा मागेको हो।

आज बसेको एमालेसहितको सत्तारूढ दलको बैठकले प्रदेश सीमाकंन संविधान बमोजिम पछि बन्ने संघीय आयोग मार्फत टुंग्याउने र बाँकी भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयको संशोधन गरेर अघि बढ्ने विषयमा लगभग सहमति गरेका छन्।

बैठकमा मधेसी मोर्चालाई कसरी चुनावमा ल्याउन सकिन्छ भन्नेबारे गहन छलफल भएको थियो। [Read More]

News Source: Setopati

 

  • 76Read This News:
  • 480831Total reads:
  • 288284Total visitors: