
काठमाण्डौ, २२ फागुन २०७४ । नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यशोधा खालिङ राईले अमेरिकामा छायाँकन गरिएको “चौरी“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सञ्जय बरालको शब्दमा हरी लम्सालको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा गायिका यसोधा, सुकराम, अस्मिता र कुसुम गोलेको अभिनय रहेको छ ।
सुकराम गोलेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायाँकार प्रेमाहाङ राईले गरेका हुन ।
गायिका खालिङ राइले ’मेरो मन’ नामग गित वजारमा ल्याइसकेकी छिन ।