तेस्रो झापा गोल्डकप फागुन १९ गतेदेखि शु्रु हुने

झापा १६ फागुन २०७४ । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने मंगलवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक टिम रमपम झापा ११ सहित मनाङ मस्र्यांदी, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीबल, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदुरपश्चिम ११ कैलाली र भारतको सिक्किम युनाईटेड क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजयी टोलीले रु १२ लाख ५१ हजार र उपविजेता टोलीले रु छ लाख प्राप्त गर्नेछ ।

त्यस्तै झापा ११ बाट उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीलाई मोटरसाइकलसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने पनि सो अवसरमा जानकारी गराइयो ।

 

  • 68Read This News:
  • 472950Total reads:
  • 281509Total visitors: