वाम गठबन्धन र संघीय समाजवादी फोरमबीचको वार्ता सकारात्मक

काठमाडौँ, १६ फागुन २०७४ । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताहरु गृहकार्यमा लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता रहने र आपसी सहमति एवं औचित्यका आधारमा संविधान संशोधनका विषय अगाडि बढाउने गरी दुवै पक्षका नेताहरु आपसी एवं अनौपचारिक छलफलमा लागेका हुन् ।

एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले आफूहरुको छलफल सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुगिने जानकारी दिनुभयो । दुई पक्षबीच लिखित सहमति गर्ने तयारी पनि भएको छ ।

प्रधानमन्त्री ओलीले फोरम सरकारमा आउने अपेक्षाका साथ सोमबारको मन्त्रिमण्डल विस्तारलाई आंशिकरुपमा मात्र विस्तार गर्नुभएको थियो भने फोरमका मागका विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरुसँग पनि परामर्श गर्नुभएको थियो । फोरमको नेतृत्वमा रहेको प्रदेश नं २ को सरकारलाई वम गठबन्धनले समर्थन दिइसकेको छ ।

 

  • 55Read This News:
  • 474063Total reads:
  • 282470Total visitors: