सिरियाको गुटामा युद्धविरामपछि पनि एकको मृत्यु

लेबनान, १६ फागुन २०७४ । सिरियाली विद्रोही नियन्त्रित पूर्वी शहर गुटा र वरपरको क्षेत्रमा मङ्गलबार पनि सिरियाली सरकारले गरेको रकेट आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

उक्त क्षेत्रमा संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार युद्धविराम घोषणा गरिएको भएपनि सिरियाली सरकारले हवाई कारबाही जारी राखेको छ ।

मानवीय सहयोगका लागि राष्ट्रसंघको प्रस्तावमा भएको युद्धविराम कार्यान्वयनमा आएको भन्ने रसियाली घोषणाका बाबजुद पनि सिरियाली बसर अल–असद सरकारले आज पनि आक्रमण जारी राखेको सिरियाको मानव अधिकारको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाको द्वन्द्व अनुगमन समूहले युद्धविराम कार्यान्वयनमा आएको भनी घोषणा गरेपछि मृत्यु हुने पहिलो व्यक्ति जिसरिनका एक बालक भएको जनाएको छ । उक्त घटनामा सात अन्य व्यक्ति घाइते भएका उक्त समूहले जनाएको छ ।

 

  • 42Read This News:
  • 406444Total reads:
  • 219786Total visitors: