भारतिय चर्चित अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन

काठमाण्डौ, १३ फागुन २०७४ । हिन्दी सिनेमाका एक हस्ती कलाकार श्रीदेवीको शनिवार दुवइमा निधन भएको छ ।
४ वर्षको उमेरमा फिल्मी दुनियामा प्रवेश गरेकी श्रीदेवीको जन्म १३ अगष्ट १९६३मा भारतको तमिलनाडुमा भएको थियो । उनको पहिलो चलचित्र तमिल भाषाको “कंधन करुणइ” हो । वाल कलाकारको रुपमा तेलगु र मलयालम भाषाको चलचित्रमा पनि काम गरेकी थिइन ।

सन १९७९ देखी हिन्दी भाषाको चलचित्र सोलवा साल वाट आफनो वलिवुड यात्रा शुरुगरेकी थिइन ।

उनले मिष्टर इण्डिया, हिम्मतवाला, जष्टीस चौधरी, मवाली, तोहफा जस्ता चर्चित चलचित्रमा अभिनय गरेकी श्रीदेवीको पछिल्लो समय जुदाइ तथा इंग्लिस विग्लिस उनको निकै रुचाइएको चलचित्र हो ।

हालै श्रीदेवीले आफनो ३०० औँ फिल्मको रुपमा “मम” चलचित्रमा अभिनय गरेकी थिइन ।

 

  • 234Read This News:
  • 406585Total reads:
  • 219920Total visitors: