१६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या आरोपीलाई जन्मकैद

बैतडी, १० फागुन २०७४ । बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा बैतडीमा एक युवकलाइ २८ बर्ष कैद र एक युवकलाइ आजिवन कारावासको सजाय वैतडी अदालतले फैसला गरेकोछ ।

बैतडीको मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले भरतराम लुहारलाई २८ वर्षको कैद र २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको न्यायाधीश बिष्णुप्रसाद गौतमको इजलासले सजाय सुनाएको छ,

गत साउन ३ गते दुबैजनाले बालिकालाई सामूहिक बलात्कार गरि हत्या गरेको भन्दै पीडितका अभिभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय पाटन बैतडीमा उजुरी दिएका थिए । उजुरी दिएकै दिन प्रहरीले आरोपीलाई गिरफ्तार गरेको थियो ।

 

  • 95Read This News:
  • 408617Total reads:
  • 221850Total visitors: