पाकिस्तान, ६ फागुन २०७४ । पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसीको सजाय सुनाइएको हो ।
इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले ६ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए ।
शहरको पूर्वी भागमा वसोवास गर्ने ६ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो ।
फाँसीको सजाय पाएका ती व्यक्तिलाई पञ्जाव शहरमा कम्तीमा ७ बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको थियो । तीमध्ये ५ बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो ।
अलिलाई छुट्टाछुट्टै चार वटा आरोपको मृत्युदण्डको सजाय भएको छ । जाइनाबको बलात्कार र हत्यालगायत अलिलाई आतङ्ककारीको समेत आरोप लागेकोछ ।


