इथोपियामा भएको हिंसामा चारको मृत्यु

इथोपिया, २ फागुन २०७४ । इथोपियामा भएको हिंसामा परी कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ ।

पूर्वी हरारी क्षेत्रीय राज्यमा भएको हिंसामा परी उनीहरुको मृत्यु भएको क्षेत्रीय अधिकारीहरुले मङ्गलबार जनाएका छन ।

हरारी क्षेत्रीय प्रहरी आयुक्त नेश्रेडीन अलीले आइतबार भएको घटनामा उनीहरुको मृत्यु भएको बताउनु भयो ।

उहाँले ‘शान्ति सुरक्षा विरोधी’ समुह र सरकारी सुरक्षाकर्मीहरुकाबीचमा भएको झडपमा परी उनीहरुको मृत्यु भएको राज्यसँग सम्वन्धित रेडियो फानासँग बताउनु भयो ।

झडपका क्रममा अन्य दश जनालाई गम्भीर चोट लागेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरी आयुक्त अलिले झडपको कारण र शान्ति सुरक्षा विरोधी समुहका बारेमा भने केही स्पष्ट पार्नु भएन ।

इथियोपियामा सन् २०१६ देखि देशको धेरै ठाँउलाई प्रभावित पार्नेगरी हिंसात्मक घटनाहरु भईरहेका छन् । ती घटनाहरुमा परी सयौंको मृत्यु भएको छ ।

अत्याधिक धेरै जनसंख्या भएका तीन क्षेत्र अम्हारा, ओरोमीआ र दक्षिणी क्षेत्रीय राज्यमा यस्ता घटना बढी भएका छन ।

 

  • 55Read This News:
  • 459615Total reads:
  • 269121Total visitors: