टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड, प्रतिशेयर रु ५५ का दरले लाभांश वितरण

काठमाडौँ, २३ माघ २०७४ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।

कम्पनीले आव २०७३/७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२/७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

यसैगरी, कम्पनीको खुद नाफामा १३.४२ प्रतिशतले वृद्धि भई आव २०७३/७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३/७४ मा रु १०२.४९ पुगेको छ ।

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३/७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल भएको छ । यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बताउनुभयो ।

टेलिकमले आव २०७३/७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 

  • 22Read This News:
  • 459615Total reads:
  • 269121Total visitors: