मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालय स्थापना

कमवानपुर, १९ माघ २०७४ । प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरको नयाँ भवनमा आज स्थापना गरिएको छ ।

सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा नियुक्त गरेका रेश्मीराज पाण्डेले आजै पदवहाली गर्नुभयो ।

पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले प्रदेश नं ३ मा मन्त्रिपरिषद्सहित सात वटा मन्त्रालय रहने जानकारी दिँदै राष्ट्र सेवक कर्मचारीले आ–आफ्नो क्षेत्रबाट इमान्दारी र जिम्मेवार भएर स्थानीय जनतालाई गुणस्तरीय सेवा पु¥याउन क्रियाशील हुनुपर्छ भन्नुभयो ।

प्रमुख सचिव पाण्डेले सुशासन कायम गरी भ्रष्टाचारलाई न्यूनीकरण गर्न राष्ट्र सेवक कर्मचारीले ऐन, नियम, परिधिभित्र रहेर कार्य गर्नुपर्ने उल्लेख गर्दै जनताले सुशासन अनुभूति गर्ने किसिमले जनमैत्री सेवा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रदेश नं ३ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी सात वटा मन्त्रालय रहने व्यवस्था छ ।

उक्त मन्त्रालय राख्ने भवनको व्यवस्थापन भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

 

  • 52Read This News:
  • 480264Total reads:
  • 287746Total visitors: