काबुलको होटल आक्रमणमा मृत्युहुने ४० पुग्यो

संयुक्त राष्ट्रसंघ, ११ माघ २०७४ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छ ।

यस दुर्घटनामा मारिएका व्यक्तिको प्राप्त पछिल्लो जानकारीअनुसार यो सङ्ख्या ४० पुगेको बिहीबार अधिकारीहरुले बताएका छन ।

अधिकारीहरुले दिएको सुरुको सङ्ख्या भन्दा यो दुुइगुना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएएफपी समाचार समितिलाई बताउनु भएको थियो ।

यस आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएका थिए । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको थियो ।

 

  • 35Read This News:
  • 406692Total reads:
  • 220021Total visitors: