दक्षिण अफ्रिकी ज्याज संगीतका पिता मासकेलाको ७८ वर्षको उमेरमा निधन

दक्षिण अफ्रिका, १० माघ २०७४ । दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो ।

लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

अफ्रिकी पहिचानको पृथक ‘ज्याज धुन’का लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरूबाट मासकेलाले विश्वव्यापी ख्याति कमाउनु भएको थियो । उहाँको सन् १९७७ मा सार्वजनिक ‘सोएटो ब्लुज’ बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय नै बनेको थियो ।

मासकेलालाई दक्षिण अफ्रिकाको ज्याज संगीतका पिता मानिन्छ ।

 

  • 36Read This News:
  • 406398Total reads:
  • 219742Total visitors: