दोलखाको चरिकोटमा आधुनिक ड्राइ क्लिनर्स व्यवसायको शुरुवात

दोलखा, ८ माघ २०७४ । चरिकोट ड्राइ क्लिनर्स प्रालिले रु ७२ लाख लगानी गरेर दोलखामा नेपालको पहिलो आधुनिक लुगा धुने मेशिन ल्याएको छ । चरिकोटका स्थानीयवासी र अन्य व्यक्तिको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स शुरु गरिएको आइतबार पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

चिसो मौसम र सुख्खायाममा पानीको हाहाकारका बेला अधिक व्यस्त जीवनशैलीलाई सघाउन सेवामुखी व्यवसायका रुपमा ड्राइ क्लिनर्स सञ्चालन गर्न लागिएको चरिकोट ड्राइ क्लिनर्स प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । भारतको पञ्जाव तथा चीनको गोन्जाउ प्रान्तबाट आधुनिक मेशिनल्याई शुरु गरिएको हो । कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको र कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउँदा थप ८ जनालाई रोजगारी दिन सक्ने बताइएको छ । कारखानाबाट दैनिक ५५० केजीसम्म कपडा धुनसक्ने क्षमता छ ।

यो लुगा धुने यो मेशिन नेपालमा नै पहिलो रहेको संचालकको दाबी छ।

 

  • 32Read This News:
  • 439270Total reads:
  • 251200Total visitors: