टर्कीमा बस दुर्घटनामा एघारको मृत्यु ४६ घाइते

टर्की, ६ माघ २०७४ । टर्कीमा भएको एउटा बस दुर्घटनामा परी एघारको मृत्यु भएको छ ।

यस घटनामा अन्य ४६ जना घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था चिन्ताजनक जनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

यात्रामा गइरहेको यो बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

राजधानी अङ्कराबाट पश्चिमतर्फ पर्ने सहर बुर्सातर्फ गइरहेको सो बस दुर्घटना भएको जनाइएको छ । सो बस रात्रि बस भएको र रातभरीको यात्रा तय भएको थियो ।

यस समाचारको प्रारम्भिक समाचार मात्र प्राप्त भएको विस्तृत विवरण प्राप्त भएको छैन् ।

 

  • 26Read This News:
  • 439270Total reads:
  • 251200Total visitors: