महिला डबल लिग भलिबल आज देखि

काठमाडौँ, ३ माघ २०७४ । ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आजदेखि शुरु हदैछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ र मोफसलका लागि गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यू डायमन्ड एकेडेमी, काठमाडौँको पारामाउन्ट हाइस्कुल, न्यु डायमन्ड स्पोर्टस क्लब, श्री गाउँ स्पोर्टस् विकास समिति, पोखराको टप्स हाइस्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, मेघौली स्पोर्टस् फाउन्डेसन र थ्रीस्टार एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले रु तीन तीन लाख २५ हजार तथा उपविजेताले रु एक लाख ७० हजार पाउनेछन् ।

त्यसैगरी प्रतियोगितामा तेस्रो हुनेले रु ८० हजार चौथोले रु ५० हजार, पाँचौँले रु ४० हजार, छैटौँले रु ३० हजार तथा साताँै स्थान हासिल गर्नेले रु २० हजार पुरस्कार पाउनेछन् ।

यस्तै बेष्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, क्वीकर र कोचले जनही रु पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज घोषित हुने खेलाडीले एक÷एक थान स्कुटर प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिता अवधिभर टिकट काटेर खेल हेर्ने दर्शकमध्ये लक्की ड्रबाटमार्फत एक जना दर्शकलाई पनि स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ ।

 

  • 30Read This News:
  • 439801Total reads:
  • 251707Total visitors: